काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुकको प्रशासनिक सुधार...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा, असन्तुष्टि बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक

2.93K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

अहिले २ बजे बस्ने गरी देउवा निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको सांगठनिक शुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । पार्टी कार्यसम्पादन समितिको बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ नेताले फरक मत राखेका थिए ।

सभापति देउवाले विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा भूमिका निर्वाह गर्ने निर्णय गराएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षको भूमिका पनि कांग्रेसले गुमाएको भन्दै आलोचना भइरहेको छ ।

khanepani