काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

एमाले सांसद रघु पन्तले भने, ‘गृह मन्त्रीको पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम गैर जिम्मेवार'(भिडियो सहित)

5.49K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताए ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताए । राजिनामा मागेर काम नै गर्न नदिने परिस्थीति सिर्जना गर्न नहुने उनको भनाइ छ ।

तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरुलाई पनि हेर्नुपर्ने उनले बताए ।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका बिषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे ।

khanepani