काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का राख्न गरिएको...

पुरा पढ्नुहाेस्

गृह मन्त्रालयले भन्यो, ‘जेनजी आन्दोलनका घटनामा जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारबाही’

416
shares
khanepani bord

काठमाडौं । गृह मन्त्रालयले २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एंव मानवीय क्षतिको यथार्थ छानविन गर्न बनेको आयोगले काम सुरु गरेको छ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्नजाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भएको थियो ।

साेही आयोगले बिहीबारदेखि काम सुरु गरेको हो ।आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

आयोगबाट सो कार्यादेश बमोजिम रायसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले कानून बमोजिम गर्ने कारबाही अगाडि बढाउने मन्त्रालयको भनाइ छ । गृह मन्त्रालयका अनुसार छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी कारबाही हुने छ।

विज्ञप्तिमा भनिएकाे छ,’आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडी नबढाइने तर गैर कानूनी रुपमा भएका र हुने गतिविधिमा कानून अनुसार कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ ।’

khanepani