काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

442
shares
khanepani bord

रूपन्देही । दिदीको हातबाट तिहारको टीका लगाएर फर्कँदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका (५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराइको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

khanepani