काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

अर्थ मन्त्री पुनले भने, “अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख कर्तव्य हो” (भिडियो सहित)

4.17K
shares
khanepani bord

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

मंगलबार मात्र दलहरूको साझा संकल्पपत्र जारी भएको भन्दै यसको प्रमुख लक्ष्यसमेत अर्थतन्त्र चलायमान बनाउनु नै भएको बताए ।

आगामी बजेट संकल्पपत्र कार्यान्वयनमा केन्द्रित हुने उनले बताए । मिटरब्याजी, सहकारी र लघुवित्त समस्या समाधानमा पहल सुरु भइसकेको उनले बताए ।

युवा पलायनमा सरकारको ध्यानाकर्षण भएको भन्दै उनले अर्थतन्त्रको प्रमुख समस्या नै रोजगारी अभाव भएको बताए । यसले आयात बढिरहेको र युवा विदेश पलायन भइरहेको समेत बताए ।

‘उत्पादन र रोजगारी बढाउनेमा सरकारको ध्यान जाने छ,’ उनले भने, ‘अहिले नै कार्यक्रम डिजाइनको काम सुरु भएको छ ।’

विगतमा विनियोजन सन्तुलित हुन नसकेको, सार्वजनिक ऋण बढेको गुनासो सांसदहरूले गरेको भन्दै उनले बजेटमा विगतमा पर्याप्त छलफल हुन नसकेको समस्यालाई यसपालि समाधान गरिएको बताए ।

प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार कानुन संशोधन गरी नयाँ बजेट क्यालेन्डर निर्माण गरिएको उनले बताए ।

संसदमा छलफलबाट प्राप्त सुझाव बजेटमा राख्ने उनको प्रतिबद्धता छ । पूँजीगत खर्चमा कम रकम विनियोजन हुनु र विनियोजित रकम खर्च नहुनु अर्को समस्या भएको भन्दै उनले खर्च बढाउन विधिगत र संरचनात्मक सुधारका काम गरिएको बताए ।

आगामी वर्ष खर्च बढ्ने उनको भनाइ छ । बजेट १६औं योजनाका विषयमा केन्द्रित हुने अर्थमन्त्रीको भनाइ छ ।

कृषिमा उत्पादकत्व बढाइने भन्दै उनले उत्पादनदेखि उपभोग र लगानीदेखि व्यापारसम्म देखिएका शिथिलता हटाइने बताए । वित्तीय र मौद्रिक नीतिबीच समन्वय हुने भन्दै उनले निर्माणाधीन आयोजनालाई गति दिने, अधुरालाई स्रोत सुनिश्चित गरेरमात्र नयाँ आयोजना निर्माणको नीति लिइने बताए ।

khanepani