प्रचण्डसँगको असमझदारीबारे जनार्दनले भने, ‘आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्नू’

वि.सं.२०८२ साउन १२ सोमवार १६:४२
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको अन्तर्विरोधबारे आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न आग्रह गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको असमझदारी सार्वजनिक रूपमा फेरि देखिएको प्रसङ्गलाई लिएर उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, । ‘हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु ।’
प्रचण्ड र शर्माबीच पछिल्लो समय सार्वजनिक रूपमै सवाल जवाफ चल्दै आइरहेको छ ।