अख्तियार प्रमाणसहित हालिएका उजुरीमा बेखर, अुमख व्यक्ति र स्वार्थ समुहका लागि रातदिन दौडधुममा
अयोजनाका सिडिइहरु विकेश, प्रभात, श्याम र विक्रमहरुको समुह राती १० बजेसम्म अनामनगरको होटममा दारु खाएर बस्ने त्यहि योजना बनाउने गरेको सूचना पनि प्राप्त भएका छन ।

वि.सं.२०८२ असोज २९ बुधवार १२:०३
shares

काठमाडौं । यहि भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुको राजिनामा माग्दै युवाहरु सडकमा उत्रिएका छन ।
केहि युवाहरुको समुहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै पुगेर उजुरी दिदै आयोगका पदाधिकारीहरुको अविलम्ब राजिनामाको माग गरिरहेका छन ।
सरकार कसरी अख्तियारका अधिकारीहरुलाई पदबाट हटाउन सकिन्छ भनि विज्ञहरु र कानुनी सरसल्लाहमा रहेको अवस्था देखिएको छ । समाचार स्रोतले पनि यस्तै सूचना सार्वजनिक गरिरहेका छन ।
शुशिला कार्कीको सरकार बनेपछि सिथिल जस्तै बनेको प्रेमकुमार राई नेतृत्वसहित ५ सदस्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै अख्तियारको दुरुपयोगमा लागेको झल्को दिने गरि व्यक्ति विषेशलाई तारगेट गदै कागजात संकलनमा लागेको देखिएको छ ।
अख्तियारमा बसेर आयुक्तहरुसँग उठबस गरि सकेका केहि इगो बोकेर अख्तियारबाट बाहिरीएका कर्मचारीहरुको निर्देशनमा अमुक कर्मचारीहरुलाई दुख दिने, धम्काउने र मानसिकरुपमा कमजोर बनाउने काम हुन थालेको छ ।
पछिल्लो समय हिजो साँझ अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा मारिएको हल्ला चलाएर स्वार्थ समुहहरुले लाभ उठाउने मौका छोप्न तयार भएको देखिएको छ । आयोजनामा अख्तियारबाट खटिएर आएको टोलिले छापा मारेको भने होइन । उक्त टोलिले शाखा तोकेर त्यहाँका कागजात मागेर लगेको बुझिएको छ । उक्त अयोजनामा केयूकेएलका कर्मचारीहरु र नेपाल सरकारका कर्मचारीवीच जुगाँको लडाई निक्कै पेचीलो हुदै गएको छ ।
केयूकेएल अर्थात काठमाडौं उपत्यका खानेपानी लिमिटेड संचालन समिति मातहतको यो आयोजना पछिल्लो समयमा पुर्ण स्वतन्त्र अर्थात मन्त्रालय मातहतमा संचालन हुदै आएको छ । केयूकेएलका कर्मचारीहरुलाई पाखा लगाउदै नेपाल सरकारका दरवन्दी नभएका ठाउँमा समेत नेपाल सरकार अर्थात खानेपानी मन्त्रालयबाट कर्मचारीहरुको खटनपटन शुरु गरिएको छ ।
यसमा खानेपानी मन्त्रालय हावि भएको छ । केयूकेएलको कर्मचारीले गर्नु पर्ने काममा समेत खानेपानी मन्त्रालयले काजमा कर्मचारी खटाउदाँ एक आपसमा मनमुटाव र्सिजना भएको छ । कर्मचारीहरुको एक आपसमा देखिएको मनमुटावकै कारण त्यहाँ कार्यरत कर्मचारीहरुले उजुरुबाजुर गर्ने गरेको सूचना अख्तियार स्रोतबाट प्राप्त भएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकि आयुक्त डा. सुमित्रा श्रेष्ठ आमात्यको घरमा अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालको गाडि आमात्यको घर परिसरमा बेलुका साँझ केहिसमय बसेपछि उक्त गाडि युएन पार्क हुदै बिजुलीबजार पुल हुदै अनामनगर तर्फ लागको समाचार स्रोतको दावी छ । उक्त गाडिमा भएको कर्मचारीको नाम भने गोप्य राखिएको छ ।
त्यसको भोलिपल्ट आयोजनामा अख्तियारका कर्मचारीहरु धम्काउने शैलिमा प्रस्तुत भएका थिए । तर उनीहरु दुई चारवटा मात्र केहि कागजात मागेर लगेको बुझिएको छ । आयुक्त आमात्य खानेपानी हेर्ने अख्तियारको आयुक्त हुन ।
केयुकेएलबाट आयोजनामा आएका नौ तहका प्रशासनका कर्मचारी विक्रम आर्चाय र नेपाल सरकारबाट आयोजनामा आएका नायव सुब्बालाई केहि समय अगाडि प्रशासन र स्टोर हेर्ने गरि जिम्मेवारी दिईएको थियो तर, उनीहरुको दरवन्दी नभएका कारण आर्चायको केयूकेएलमै काज फिर्ता भएको छ भने नासुको पनि काज फिर्ताको प्रक्रिया अगाडि बढिरहेको छ ।
आयोजनामै आर्चाय र नासुलाई रोक्नका लागि नयाँ नाटक मञ्चन गरिएको भन्दै सर्वत्र विरोध र चासो व्यक्त हुन थालेको छ । निहित स्वार्थका लागि अमुक कर्मचारीहरुलाई अख्तियारको धाक धम्की दिएर तेजोबध गर्ने काम भएको भन्दै कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन ।
अयोजनाका सिडिइहरु विकेश, प्रभात, श्याम र विक्रमहरुको समुह राती १० बजेसम्म अनामनगरको होटममा दारु खाएर बस्ने त्यहि योजना बनाउने गरेको सूचना पनि प्राप्त भएका छन ।
सवारी चालकहरुलाई राती १० देखि ११ बजेसम्म पिआईडिको पाकिङ मै कुराउने गरेका कारण सवारीचालकहरुलाई घर जान दैनिक समस्या हुने गरेको दुखेसो उनीहरुले पोख्ने गरेको समाचार स्रोतले दावी गरेको छ ।
प्रमाणसहित उजुरी दिदाँ आर्थिक प्रलोभनमा परि चिर निद्रामा पर्ने अख्तियारका भ्रष्ट कर्मचारीहरु र आयुक्तहरु आफुलाई मन लागेमा राती विहान पनि छापा मार्न सरकारी अड्डा पुग्ने चलन पुरानै हौ ।
अख्तियारका कर्मचारीहरु र आयुक्तहरुले प्रमाणसहित हालिएका कतिपय उजुरीहरु मन्त्रालयबाट मिलाउने गरि पत्रचार गरेका हजारौ प्रमाणहरु छन । त्यसैले दलिय स्वार्थ प्रेरित कर्मचारीहरु र आयुक्तहरुलाई तत्काल कारवाहि नगर्ने हो भने यीनीहरुले बर्तमान सरकारका मन्त्रीहरुलाई मुद्धा चलाएर एमाले र नेपाली कांग्रेसको चाकडी गर्ने प्रष्ट संकेत देखाएका छन ।
एमालेको कोटाबाट नियुक्त प्रेमकुमार राई, डा. सुमित्रा श्रेष्ठ आमात्य, नेपाली कांग्रेसको कोटाबाट नियुक्त जयबहादुर चन्द, डा. हरि पौडेल र तत्कालीन प्रधानन्यायधीश चोलेन्द्र समशेर राणाको कोटाबाट नियुक्त किशोरकुमार सिलवालहरु अख्तियारमा प्रमुख आयुक्त र आयुक्त छन ।