बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

रुकुम पूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञबाट सेवा सुरु

1.76K
shares
khanepani bord

रुपन्देही । रुकुम पूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञबाट सेवा सुरु भएको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी शुक्ला पदस्थापनसँगै जिल्लाले पहिलोपटक दन्त रोग उपचारमा विशेषज्ञ सेवा सुरुवात भएको हो ।

बिहीबार डा. शुक्ला र अस्पतालमा नवपदस्थ लेखापाल अञ्जना खत्रीलाई स्वागत गरिएको छ । कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खराल, स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख पुस्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख विष्णुहरि आचार्यलगायतले अब जिल्लाबाट सकेसम्म धेरै सेवा दिनेगरी अगाडि बढ्नुपर्ने बताएका थिए ।

लेखापाल खत्री केही दिनअघि नै आफ्नो कार्यभार सम्हालिसकेका छन् भने डा. शुक्लाले बिहीबारदेखि नियमित रुपमा दन्त सेवा सुरु गरेका हुन् । अस्पतालका निमित्त प्रमुख डा. खरालका अनुसार अस्पताल प्रशासन शाखामा समेत चाँडै थप कर्मचारी आउने तयारी भइरहेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले अस्पतालले क्रमशः आफ्नो सेवा, संरचना र कार्यशैलीलाई थप व्यवस्थित र भरपर्दो बनाउँदै लगेको उल्लेख गर्दै विगतका कमजोरीहरूलाई भुलेर सकारात्मक सोचसहित अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

यसअघिसम्म पनि अस्पतालमा सामान्य रूपमा दन्त रोगको उपचार हुँदै आएकोमा अब विशेषज्ञ डाक्टरको उपस्थितिसँगै सेवा अझ प्रभावकारी ढंगले उपलब्ध हुने भएकाले र विशेषज्ञ टोलीको स्थायी सहभागिताले जिल्लावासीमा उत्साह थपिएको निमित्त प्रमुख खरालले बताए ।

खरालले यहाँ जिम्मेवारी पाएसँगै अस्पतालको सेवा तथा अन्य भौतिक संरचनाको निर्माणले गति लिएको छ । उनी अमेरिका छाडेर हिमाली जिल्ला रुकुमपूर्व पुगेर सेवा प्रदान गरिरहेका छन् ।

khanepani