बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

सुशीला कार्की नेतृत्वको सरकारमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी चारजनालाई नियुक्तिको तयारी

364
shares
khanepani bord

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन् ।

पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता र खगेन्द्र सुनारलाई श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन लागिएको हो । उनीहरूको आजै साँझसम्म शपथको तयारी छ ।

मन्त्रीमा लागि सिफारिस भएकी डा.सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव एवमं स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले विभिन्न क्षेत्रमा गएर सम्पदा संरक्षणका लागि उल्लेखीय भुमिका खेलेका छन् ।

यस्तै, खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । उनी दलितको हक अधिकारका लागि लड्दै आएका छन् । ‘दलित खै ?’ भन्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन समेत गरेका थिए । बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । साहार नभएकोहरुको साहारा बनेका गुप्ताले विद्यार्थीहरुलाई निशुल्क पढाउने लगायतका सामािजक कार्य गर्दै आएका छन् ।

४ जना मन्त्री नियुक्तिकाे लागि प्रधानमन्त्रीले शीतल निवासमा सिफारिसलगायतकाे तयारी गरिरहेकाे प्रधानमन्त्री निकट स्राेतले बतायाे ।

khanepani