बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

चक्रे मिलनको बयान- राजनीतिक र सामाजिक अभियानमा छु, अभद्र व्यवहार गरेको छैन

1.6K
shares
khanepani bord

काठमाडौं । जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका चक्रे मिलनले ठूलो संख्यामा युवा भेला गरेर बर्थडे मनाउनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । उनले सो अभियोगमा कानून बमोजिम कारबाही भोग्न तयार रहेको बयान सरकारी वकिलसमक्ष दिएका छन् ।

गुरुङले आफूले कसैलाई धाकधम्की नदिएको र हतियार प्रदर्शन नगरेको बयानमा भनेका छन् । यसक्रममा देखाइएका भिडिओ र फोटोहरू सो घटनाभन्दा पहिले अरूकै जन्मदिनमा खिचिएको भन्दै आफू राजनीतिक तथा सामाजिक काममा मात्रै संलग्न रहेको दाबी गरेका छन् ।

बयानमा उनले आफू एमालेको गोर्खा जिल्लास्तरीय सदस्य भई सामाजिक तथा पार्टीका काममा संलग्न रहेको बताएका छन् । आफूसँगै पक्राउ परेका सबैलाई नचिन्ने र विभिन्न सिलसिलामा भेट भएका भाइहरु रहेको बयान उनले सरकारी वकिलसमक्ष दिएका छन् ।

khanepani