काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको...

पुरा पढ्नुहाेस्

बाढी पहिरोका कारण आवतजावत रोकिएका ८ सडक सरकारले तत्काल खुलाउने

897
shares

काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् ।

आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उहाँले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्ने गरी काम गर्नुपर्ने बताए ।

बैठकमा गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरूबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो ।

हाल पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाईंकुण्ड गाउँपालिका २ टिमुरे, अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–२ कोदारी र घट्टेखोला, बेनि जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ ।

त्यस्तै, घोराही थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरी करिडोर अन्तर्गत त्रिपुरा सुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्ग अन्तर्गत शुभकालीन गाउँपालिका र भेरी करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ ।

त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धी पूर्व शतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अबदेखि भ्वइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।