बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

भारतसँगको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्छौँः सरकारका प्रवक्ता

1.38K
shares
khanepani bord

काठमाडौँ । सरकारले नेपाल र भारतबिचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत अन्य सीमा विवादलाई कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।

लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत–चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनिया समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रस्ट पारेको उनले बताए । उनले दुई देशबिचको समझदारीका कारण नेपालको भूमि मिच्न नपाइने जिकिर गरे ।

khanepani