ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर पठायो आयोगमा

वि.सं.२०८२ असोज २१ मंगलवार १७:११
shares

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको हो ।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर आयोगमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए ।
सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।