काठमाडौं । विपन्न, असहाय र वेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन...

पुरा पढ्नुहाेस्

नेपाल प्रहरी श्रीमती संघद्वारा जाजरकोटका भूकम्प प्रभावितहरूलाई राहत वितरण

3.09K
shares
khanepani bord

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले जाजरकोटका भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरलगायत कार्य समितिका पदाधिकारीहरुले राहत सामाग्री वितरण गरेको हो ।

जाजरकोट र रूकुम पश्चिममा भूकम्प प्रभावित व्यक्ति, परिवारलाई मानवीय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा विपद्को समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले बताइन् ।

उनका अनुसार जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ राउत गाउँमा रहेका भूकम्प प्रभावित सुत्केरी महिला ४२, विद्यार्थी ५०, मृतकका आफन्त ३१, ज्येष्ठ नागरिक ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर वितरण गरिएको उनको भनाइ छ ।

नेपाल प्रहरी श्रीमती संघले पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्ने गरेको छ । भूकम्प पीडित परिवारहरूलाई तत्काल राहत प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराएको संघकी अध्यक्ष कुँवरले जानकारी दिइन् ।

khanepani