काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको...

पुरा पढ्नुहाेस्

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव

169
shares
khanepani bord

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुनेमा शङ्का व्यक्त गरेका छन् । जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने विश्वास दिलाउन नसकेको बताए ।

उनले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताए । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गरे ।

तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसँग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उनको भनाई थियो । यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरूसँग छलफल र बहस गर्नु जरुरी रहेको बताए । उनले संविधान पुनःलेखनको जरुरी रहेको बताउँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताए । मध्यावधि निर्वाचन पूर्व नै संविधान संशोधन आवश्यक रहेको बताए ।

अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा सङ्घीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराए । उनले सङ्घीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताए । सङ्घीयता खारेजीको माग उठाए आफूहरू मौन नबस्ने चेतावनी दिँदै उहाँले सङ्घीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताए ।

अध्यक्ष यादवले जेन जी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५—३६ वर्षमा कांग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताए । कांग्रेस र कम्यनिष्टहरुले सत्ताको खेलमा राजनीतिक अस्थिरतामात्रै पैदा गरेको आरोप लगाए ।

khanepani