रुसले पहिलो पटक युक्रेनको सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गर्यो

वि.सं.२०८२ भदौ २३ सोमवार ०९:५२
shares

किभ । रुसले पहिलो पटक युक्रेनको सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।
आइतबार राति ८०० भन्दा बढी ड्रोनहरू तैनाथ गर्दै पहिलो पटक कीभको सरकारी भवनमा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुन अहिलेसम्मकै ठूलो आक्रमण भनिएको छ ।
राजधानीका धेरै आवासीय भवनहरूमा ड्रोन हमलामा ४ जना मारिएको बताइएको छ । मारिनेमा एक शिशु पनि रहेको बताइएको छ ।
राजधानीमा ११ घण्टासम्म हवाई आक्रमणको साइरन बजिरहेको थियो।