काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

रास्वपा नेता कार्कीले वार्ताका लागि राष्ट्रपति कार्यालयलाई दिए दर्जन जेनजी प्रतिनिधिको नाम

416
shares

काठमाडौं । रास्वपा नेता गणेश कार्कीले १० जना जेनजी अगुवाहरूको नाम राष्ट्रपति कार्यालयलाई दिएका छन् । राष्ट्रपति कार्यालयले वार्ताका लागि आह्वान गरेपछि कार्कीले मध्यस्थता गर्न खोजेका हुन् ।

अहिले जेनजीका अनेकन् समूहहरू भएको र सरकारविहिनताको स्थिति रहेकाले कसले कोसित वार्ता गर्ने भन्ने अन्योल छ । जेनजीहरुले कुनै वार्ता कमिटी पनि बनाउन सकेका छैनन् । को अघि सर्ने भन्नेमै अस्पष्टता देखिएको छ । यस्तोमा केही जेनजीहरुले रास्वपा नेता कार्कीलाई राष्ट्रपति कार्यालयमा नाम पुर्‍याइदिन आग्रह गरेका थिए ।

जेनजी समूहहरूबाट अनुरोध भए अनुसार आफूले करिब एक दर्जन प्रतिनिधिको नाम पठाएको कार्कीले नेपाल प्रेसलाई जानकारी दिए । तर, राष्ट्रपति कार्यालयले वार्ता गर्छ गर्दैन र गरे पनि क–कसलाई राख्छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।

कार्कीले भने, ‘जेन जीका साथीहरूले पनि मलाई कोअर्डिनेसन गरिदिनुस् भनेर अनुरोध गर्नुभयो । त्यही भएर मैले राष्ट्रपति कार्यालयमा सम्पर्क गरेको हुँ । अब मैले पठाइदिएकै प्रतिनिधिहरू सर्वस्वीकार्य नहुन सक्छन् । साथै, राष्ट्रपति कार्यालयले यसलाई मान्यता दिन्छ वा दिँदैन भन्ने मलाई थाहा छैन ।’

बुझिए अनुसार अहिलेसम्म युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर लगायत दर्जन प्रतिनिधिको नाम उनले पठाएका छन् । यस्तै, अनुषा खनाल, निरज गौतम ‘गोतामे’, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम पनि छ । यो सूचिमा सुरुवातदेखि लागेका अभिजित अधिकारी, तनुजा पाण्डे लगायतको नाम भने छैन ।