काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

338
shares

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी छन् ।

मंगलबार कालिमाटीमा प्रहरीसँग झडप हुँदा उनीहरूलाई गोली लागेको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको बल्खु स्थित बयोधा अस्पतालका चिकित्सक डा. कुन्दन कर्णले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

अर्जुन भट्टको शव पोस्टमार्टमको लागी पाटन अस्पताल पठाइएको छ । उदयपुर घर भएका सुवेदीको शव उनका आफन्तहरूले त्रिवि शिक्षण अस्पतालमा लागेका छन् ।

अहिलेसम्म प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । यसअघि काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीतर्फ ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।