काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी...

पुरा पढ्नुहाेस्

शान्तिपूर्ण समाधान निकाल्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल

624
shares

काठमाडौं । नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्।

जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन्।

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।