काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको...

पुरा पढ्नुहाेस्

बालेन र सुधनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, सरकारी वकिलसँग बुझेर दर्ता (भिडिओ सहित)

1.01K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् ।

प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने/नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताए ।
उनले भने, ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ ।’

उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए । उनले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने बताए ।

अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन् ।

यसअघि गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेन-जी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।

khanepani