काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको...

पुरा पढ्नुहाेस्

२३ को जेनजी आन्दोलनमा पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप

247
shares
khanepani bord

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले अन्तरिम सरकार आन्दोलनका उपलब्धि कब्जा गर्न खोजेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ ।

स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय स्वाधीनता र संविधानमाथि नै हमला गर्न खोजेको आरोप लगाएका छन् ।

स्वतन्त्र जेनजी समूहले विदेशी शक्तिले अन्तरिम सरकार चलाउन थालेको भन्दै यसविरुद्ध स्वतन्त्र जेनजी समूह नेपालले कात्तिक १५ गते आन्दोलन घोषणा गरेको वक्तव्यमा उल्लेख छ । सुधन गुरुङको मनपरी र सरकारको लाचारीविरुद्ध आन्दोलन घोषणा गरेको उनले बताएका छन् ।

khanepani