काठमाडौं । विपन्न, असहाय र वेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन...

पुरा पढ्नुहाेस्

कुपण्डोलमा रहेको हिमालय होटलमा बस्ने कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पुर्णबहादुरले गर्ने अध्यक्षता

507
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैनन् । यसअघि उनले पार्टीका केही नेताहरुसँग भर्चुअल बैठक भने गरेको नेताहरु बताउँछन् ।
दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर, उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।

आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

khanepani