काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन...

पुरा पढ्नुहाेस्

जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको नागरिक उड्डयन प्राधिकरणको भवनबाट काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालनको तयारी

247
shares
khanepani bord

काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ ।

प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न दिने विषयमा आज निर्णय गर्ने तयारी छ । त्यसका लागि बिहान साढे ११ बजे प्राधिकरणको बोर्ड बैठक बोलाइएको छ ।

सो बैठकमा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी हुँदैछिन् ।

जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित काठमाडौं जिल्ला अदालत, विशेष अदालत लगायतका भवनमा आगजनी भएको थियो ।

काठमाडौं जिल्ला अदालत छेउमै रहेको प्राधिकरणको कार्यालयमा पनि आगजनी भएको थियो तर केही भाग बाँकी रहेकोले त्यसबाट अदालतको कामकारबाही सुरु गर्ने तयारी गरिएको हो ।

khanepani