काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउने हो भने मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ: शेखर कोइराला

299
shares
khanepani bord

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।

आज सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताए।

‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं?,’ उनले प्रश्न गरे, ‘त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु, कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ। त्यस सम्बन्धमा महामन्त्रीले केही कुरा राख्नु भएको छ, केन्द्रीय समितिले केही निर्णय गर्छ होला।’

उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताए।

‘साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नु भएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भन्ने हो भन्ने म बुझ्दछु,’ कोइरालाले भने, ‘यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ।’

khanepani