काठमाडौ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय...

पुरा पढ्नुहाेस्

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, न्यूनतम ‘ओपनिङ रेञ्ज’ ७६ रुपैयाँ ८१ पैसा

3.06K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मुक्तिनाथ कृषि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयरको भोलि बिहीबारदेखि कारोबार सुरु हुने छ ।

मुक्तिनाथ क्यापिटलले कम्पनीको आरटीएस सेवा प्रदान गर्दछ । नेप्सेले कम्पनीलाई ‘एमकेसीएल’ सांकेतिक कोड प्रदान गरेको छ । भोलि बजारमा कम्पनीको कारोबारका लागि ७६ रुपैयाँ ८१ पैसादेखि २३० रुपैयाँ ४३ पैसासम्मको रेञ्ज प्रदान गरिएको छ ।

योबीचको जुनसुकै मूल्यमा पहिलो कारोबार भइसकेपछि सो मूल्यबाट १० प्रतिशतसम्म घट्न वा बढ्न सक्नेछ ।

khanepani