काठमाडौ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय...

पुरा पढ्नुहाेस्

पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी

390
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।

सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिन अघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । जाहेरी आइतबार नै बुझाइएको आचार्यले बताए ।

यस अघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो ।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

khanepani