काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

सुगरका बिरामीले खाँदै आएका १० प्रकारको औषधि उत्पादन र वितरणमा रोक (सूचीसहित)

3.07K
shares
khanepani bord

काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मूल्याङ्कन समितिको सुझाव अनुसार विभागले ती औषधि उत्पादनमा रोक लगाएको हो ।

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको विभागले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

सूचना अनुसार लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो छ ।

यी औषधि नेपाली कम्पनीबाट उत्पादित औषधि हुन् । औषधि सल्लाहकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने जनाइएको छ । साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्डसमेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।

khanepani