राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

वि.सं.२०८२ असोज ३० बिहीवार १७:४१
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले सो प्रतिवेदन पेस गरेका हुन्।
यस्तै, राष्ट्रपति समक्ष थारू आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन्।