काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

स्थानीय बजारमा तोलामा दुई हजार चार सयले घट्यो सुन, चाँदी पनि बढेन

2K
shares
khanepani bord

काठमाडौ । काठमाडौ स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो। बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ।

khanepani