काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानको दीर्घकालीन उपाय खोज्न मधेशवादी दलको माग

2.56K
shares
khanepani bord

काठमाडौं । तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ ।

तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो ।
सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

यसका साथै संकटग्रसत क्षेत्रक किसानका लागि सहुलियत वा अनुदानमा मलखाद, सिँचाइ, बिउ, किटनासक औषधि उपलब्ध गराउन माग गरेको छ ।

तराई-मधेशलाई यस्तो संकटबाट बचाउन चुरे वन क्षेत्रको संरक्षण र जलासय निर्माणमा जोड दिनुपर्ने मोर्चाको निषकर्ष छ ।

वर्षा नहुँदा मधेश सुक्खाग्रस्त छ । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर, राहत वा अन्य कुनै व्यवस्था हुन सकेको छैन ।

khanepani