काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन आगामी कात्तिक २९ र ३० गते हुने

273
shares
khanepani bord

बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन आगामी कात्तिक २९ र ३० गते हुने भएको छ।

दाङमा सम्पन्न पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन रुपन्देहीको भैरहवामा गर्ने निर्णय गरेको प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले जानकारी दिए।

यसअघि भदौ २५, २६ र २७ गते भैरहवामा हुने तय भएको अधिवेशन जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो।

बैठकले कार्तिक १५ गतेभित्र जिल्लाले प्रदेशमा क्रियाशील सदस्यहरूको नाम बुझाउनुपर्ने र कात्तिक १८ गतेभित्र प्रदेश अधिवेशन प्रतिनिधिहरूको नाम पेश गर्नुपर्ने समयसीमा तोकेको यादवले बताए।

khanepani