काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा

338
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए ।

गत भदौ २४ गतेपछि मंगलबार सार्वजनिक रूपमा देखिएका देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।

khanepani