काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

प्रकाश शरण महतनिकट खानेपानीमन्त्री खड्का पनि बानिया पक्षमा खुले, मुख्यमन्त्रीको विपक्षमा मत दिने

1.56K
shares
khanepani bord

चितवन । नेपाली कांग्रेस बागमती प्रदेशको आज १० बजे हुने भनिएको संसदीय दलको बैठकमा बहालवाला खानेपानी मन्त्री श्याम खड्कालाई मुख्य मन्त्री बहादुरसिंह लामा विरुद्ध मतदान गर्ने भएका छन् ।

कुरा गर्दै मन्त्री खड्काले १० बजेसम्म सहमति भएमा मतदानको प्रक्रियामा जान नपर्ने यदि मतदान भयो भने विपक्षमा मतदान गर्ने बताए ।

‘१० बजेसम्म सहमति भएमा मैले केही गर्नै परेन, मन्त्री खड्काले कुरा गर्दै भने, प्रक्रियामा गयो भने मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्छु ।
अहिले नेपाली कांग्रेसबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने ३७ जना सांसद मध्ये २१ जनाले मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छन् । तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै दाबी गरेका छन् ।

दुई जनाले फिर्ता लिए पनि खानेपानी मन्त्री खड्काले विपक्षमा मतदान गर्ने हुँदा ३७ मध्ये २० सांसद खुलेका देखिन्छन् ।

khanepani