काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

1.48K
shares
khanepani bord

काठमाडौं । महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् ।

उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्‍याएको आरोप छ ।

चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

khanepani