काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री केपी शर्मा ओलीले र भियतनामका समकक्षी फाम मिन चिङबीच भेटवार्ता

871
shares

काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका समकक्षी फाम मिन चिङबीच भेटवार्ता गरेका छन् ।

आइतबार शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच दुई पक्षीय आपसी हित र सम्बन्धबारे छलफल भएको बताइएको छ ।

यस अघि प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए ।