काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

सारियो रोशी र बेथानचोकका १०० परिवारलाई सुरक्षित स्थानमा

754
shares
khanepani bord

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका रोशी र बेथानचोक गाउँपालिकाका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

रोशी गाउँपालिका वडा नं १ र २ खहरेपाँगु र शिखरआम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि त्यस स्थानमा बस्न जोखिम हुने भएकाले नक्केल डाँडा, फलामेसाँघु, नारायणटार लगायतका स्थानका करिब ३० परिवारका १५० जनालाई शनिवार साँझबाटै विद्यालयमा राखिएको हो ।

रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् । बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिकाको भवनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ र ३ को सिमानामा रहेको बस्तीका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार त्यस क्षेत्रका खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सिमाधारा, सयले र बनेपालीटोल गरि ७० परिवार सुरक्षित स्थानमा सारिएको हो ।

उनीहरूलाई मुक्तेश्वर सामुदायिक भवनमा राखिएको छ । अन्य वडाका जोखिममा रहेका बस्तीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको उनले बताए।

दुर्लुङ्ग खोलामा आएको बाढी खलङ्गा बस्तीमा पसेको थियो । वर्षाका कारण पट्नेखोला र दुर्लुङ्ग खोलामा पानीको बहाब बढेर पालिका भवनसम्म आइपुगेको पालिकाले जनाएको छ ।

त्यस्तै अविरल बर्षको कारण ढुंखर्क–खोपासी–पनौती सडक अवरुद्ध भएको छ । बेथानचोक २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाका अनुसार पार्थली, खड्केचौर, बगर लगायतका ठाउँहरूमा पहिरो गएको र लेदो आएकाले सडक पूर्णरुपमा बन्द भएको जानकारी दिए ।

khanepani