काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिरभित्र हुने गरी...

पुरा पढ्नुहाेस्

पक्राउ परे गुण्डा नाइके सानुभाइ

1.61K
shares
khanepani bord

काठमाडौं । काठमाडौं प्रहरीले फेरि सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले टोखास्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

उनका अनुसार सानुभाइले कसैलाई धम्की दिएको आरोप छ। एसपी भट्टराईले कसलाई के भनेर धम्क्याएको भन्नेबारे खुलाएनन्।

नुवाकोट घर भएका सानुभाइ गुण्डागर्दी गरेको आरोपमा पटकपटक पक्राउ परेका व्यक्ति हुन्। यसअघि साउन १५ गते ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।

२०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो। त्यही साल असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए।

khanepani