काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन माग्दै इतर पक्षले बुझाउने हस्ताक्षर

806
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै संकलन गरिएको हस्ताक्षर केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी भएको छ। सभापति शेरबहादुर देउवाले असोज २६ गते बस्ने गरी केन्द्रीय समितिको बैठक राखेका छन्।

तर, जेनजी आन्दोलनपछि इतर पक्षले अब देउवाको नेतृत्वमा पार्टी नचल्ने निष्कर्षसहित हस्ताक्षर संकलन थालेका हुन्। तत्काल देउवालाई हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला रहेका छन्।

हस्ताक्षर अभियानको अगुवाइ गर्ने नेता कोइराला निकट नेता गुरुराज घिमिरेले गरिरहेका छन्। असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर सङ्कलन अभियान थालेका थिए।

कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। विधान अनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतको हस्ताक्षर गरेर महाधिवेशन बोलाउन सक्ने प्रावधान छ।

तर, इतर पक्षका नेताहरूले भने विशेष महाधिवेशन माग्दै अहिले देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाइरहेको भए पनि संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा छ।

कांग्रेसमा केन्द्रीय समिति वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरे मात्रै हुन्छ। केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले त्यो सम्भावना नरहेकाले इतर पक्षले दोस्रो विकल्प रोजेको हो।

अहिले हस्ताक्षर संकलन भइरहेकाले केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी भइरहेको महामन्त्री थापा निकट एक नेताले बताए।

ती नेताले भने, ‘हस्ताक्षर संकलन भइरहेको छ। दसैँको कारणले बीचमा केही दिन संकलन हुन पाएन। अब त्यसलाई तीव्रता दिएर केन्द्रीय कमिटी बैठक अघि नै बुझाउँछौँ।’

जारी हस्ताक्षर अभियानमा महामन्त्री थापा र इतर पक्षका नेता कोइरालाको पनि समर्थन रहेको ती नेताले दाबी गरे। विशेष महाधिवेशन माग्न आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भइरहेको नेताहरूले दाबी गरे।

khanepani