काठमाडौंका तत्कालिन सीडीओसहित सात सहसचिवहरुको भयो सरुवा

वि.सं.२०८२ असोज २१ मंगलवार ०७:२२
shares

काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले ७ सहसचिवको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा क्षमता विकास महाशाखा प्रमुख रुद्रसिंह तामाङको ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय सरुवा भएको छ भने ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार महाशाखा प्रमुख गजेन्द्र ठाकुरको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख जीवलाल भुसालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको. छ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका छवीन्द्र पराजुलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै तत्कालिन गृहमन्त्री रमेश लेखकसँगै भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थका प्रमुख अध्यागमन प्रमुख तीर्थराज भट्टराईको पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा सरुवा भएको छ ।