काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगसँग प्रधानमन्त्रीको बचनः ‘चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ’ (भिडियो सहित)

1.13K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।

’निर्वाचन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण बनाउँछ । त्यसका लागि के स्रोत साधन चाहिन्छ जानकारी गराउनुहोस् भन्नुभएको छ’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले पनि जानकारी दिए ।

स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

आयोग पदाधिकारीहरूले निर्वाचनका बिषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।

निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि अध्यादेश पनि जारी भएको छ । त्यस्तै निर्वाचन कार्यतालिका नै बनाएर आयोगले सार्वजनिक गरिसकेको छ ।

khanepani