मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार विश्वासको मत लिने

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:०९
shares

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ ।