काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो दुई दिनपछि (भिडियो सहित)

832
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो ।

नेपाली कांग्रेसका प्रबक्त्ता खप्रकाशशरण महतका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने नेपाली कांग्रेसका प्रबक्त्ता खप्रकाशशरण महतले जानकारी गराए ।

बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो । हिजो र आज गरेर सबैको बोल्ने क्रम सकिएको छ ।

khanepani