काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

अख्तियारका सचिवलाई परराष्ट्र सचिवले भने, ‘बेरुजु शून्य गर्ने तरिका सिकाइदिनुस्’

1.46K
shares
khanepani bord

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले बेरुजु शून्य गर्ने तरिका सिकाइदिन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका सचिवलाई आग्रह गरेका छन् ।

सोमबार सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई बेरुजु शून्य बनाउनेबारे सिकाइदिन आग्रह गरेका हुन् ।

काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने समेत उनको भनाइ थियो ।

‘अख्तियारका सचिवज्यूले बेरुजु शून्य भनेको सुने । आखिर बेरुजु शून्य कसरी गर्न सकिने रहेछ ? काम गरेरै बेरुजु शून्य भएको हो भने मेरा पनि दुई/चार भाइ कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु । तपाईंले सिकाएर पठाउनुस्,’ उनले बैठकमा आग्रह गरेका छन् ।

सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शून्य भएको हो भने त्यो विषय फरक रहेको उनले बताए ।

‘बेरुजु शून्य बनाउन हामी सबैले । यदी त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शून्य भएको हो भने त्यो छुट्टै कुरा हो । यदि काम भएरै शुन्य भएको भने एक अर्कामा सिकाउँ न,’ उनले भने ।

समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरुजु शून्य रहेको बताएका थिए । बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेत समेत रहेको उनको भनाइ थियो ।

परराष्ट्रसचिव राईले विदेशस्थित नियोगहरू सञ्चालन गर्दा कहिले कानून नियमहरू परिपालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए ।

उनका अनुसार अप्ठ्यारा ऐन नियमहरू बोकेर हिँडेका कारण बेरुजु प्रत्येक वर्ष बढेको हो । ‘ऐनहरूलाई सहज बनाउनुपर्‍यो । अहिले परराष्ट्र मन्त्रालय बेरुजु साढे ५ अर्ब रहेको छ । विदेशस्थित नियोगमा राजश्वहरू जम्मा गर्दा समयमै नदेखाइँदा देखिने गरेको हो,’ राईले भने ।

khanepani