काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनले सत्ताच्युत भएपनि एमाले अध्यक्ष पहिलो पटक पार्टीको मुख्यालय जादै च्यासलमा

754
shares
khanepani bord

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन्। पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन ओली पार्टी मुख्यालयमा जान लागेका हुन्।

ओली २ बजे च्यासल पुग्ने सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेले बताए। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा बसेका छन्।

आन्दोलनकारीले घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए। उनी अहिले गुण्डुमा भाडाको भनिएको तीन बटा घरमा बस्दै आएका छन । पार्टीका बैठकहरु पनि यहिबाट संञ्चालन गदै छन ।

khanepani