काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियासँग खेल्दै नेपाल

1.56K
shares
khanepani bord

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो ।

उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू-१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

khanepani