गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो, इजरायली आक्रमणबाट थप ३८ जना मारिए

वि.सं.२०८२ साउन २५ आइतवार ०९:३१
shares

एजेन्सी । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।
इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ ।
स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।
हमासलाई निमिट्यान्न पार्न भन्दै इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाजा सहर नियन्त्रणमा लिनु अघि इजरायलले त्यहाँका बासिन्दालाई ७ अक्टुबर २०२५ भित्र शहर खाली गर्न भनेको छ ।