काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री सुशीला कार्की र बेलायती राजदूत फेनबीच आज शिष्टाचार भेटवार्ता

338
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए ।

बेलायती राजदूतले सम्मानीय प्रधानमन्त्रीज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिए ।

khanepani