सडक डिभिजन कार्यालय तत्कालीन इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वि.सं.२०८२ असोज २९ बुधवार १७:३३
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका-५ मा प्रदेश सरकारको योजनामा गाढा-चिकना सडक डिभिजन लहानले निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान गर्दा ३ करोड बारबरको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढ्ऊले अनिमियतता गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
उक्त सडक ढलान गर्नका लागि जय धनन्जय/रब्बानी जेभी बालाजुलाई ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँमा ३० चैत २०७७ सालमा सम्पन्न गर्ने गरी २१ असार २०७७ मा ठेक्का दिएको थियो ।
अनुसन्धानको क्रममा सम्झौता विपरीत तोकिएको गुणस्तरभन्दा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरी भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।