रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग रास्वपाले आज छलफल गर्ने

वि.सं.२०८२ साउन २५ आइतवार ११:१७
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गर्ने झाले बताए । यसैगरी छलफलको ‘अब्जर्भेसन’ केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक उनले जानकारी दिए ।
झाका अनुसार दिउँसो ४ बजे उम्मेदवारका आकांक्षीसहित सहितको पत्रकार भेटघाट कार्यक्रम हुनेछ। रास्वपाले साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो ।