सुरक्षाकर्मीहरूकाे चरम दुरूपयाेग

वि.सं.२०८२ असोज १४ मंगलवार १३:२३
shares

नेताहरूलाई जनताबाट छुटाउने काम सुरक्षा निकायका प्रमुख र केन्द्रीय सुरक्षा निकायका पदाधिकारीहरूले गरिरहेका छन। कुनै सुरक्षा थ्रेड नै नभएका,देश र जनताकाे हितमा खासै याेगदान नदिएका भ्रष्ट,असक्षम,नालायक मन्त्री,प्रधानमन्त्री,पुर्व प्रधानमन्त्री,पुर्व सभामुख,पुर्व राष्ट्रिय सभाका अध्यक्ष,पुर्व उपप्रधानमन्त्री,पुर्वउपराष्ट्रपति,पुर्वराष्ट्रपतिहरूलाई आवश्यकता भन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेर सुरक्षा निकायका प्रमुखहरूले खातेपाते नेता,मन्त्रीहरूकाे आवश्यकता भन्दा बढी चाकडी,चाप्लुसी र खातिरदारी गरिरहेका छन। नेता र मन्त्रीकाे सानका लागिमात्र सुरक्षाकर्मी पठाउने काम भैरहेकाे छ। एउटा डण्डा बाेकेकाे प्रहरी जवान खटाउनुपर्ने ठाउँमा आवश्यक हातहतियार,गाेलीगठ्ठा,सवारीसाधन सहित ३५ सुरक्षाकर्मी खटाएर शान्ति सुरक्षा,अमनचयन कायम र अपराधकाे राेकथाम तथा नियन्त्रण जस्ता महत्वपूर्ण कार्यमा खटाउनुपर्ने जनशक्तिको व्यापक दुरूपयाेग गर्ने काम केन्द्रीय सुरक्षा समितिले गरिरहेकाे छ।
अहिले शिक्षा मन्त्री महावीर पुन विना सुरक्षाकर्मी पाेखराकाे सडकमा मस्त हिडिरहेका छन। उनलाई कुनै सुरक्षा खतरा महसुस भएकाे छैन। उनले पनि त्यस्ताे महसुस गरेका छैनन। जनता र राष्ट्रकाे हितमा काम गर्नेहरूलाई कहिल्यै सुरक्षा खतरा हुँदैन। जनताकाे नेतालाई सुरक्षाकर्मी चाहिदैन। जनताकै बीचमा रहेर सुरक्षित महसुस गर्छन। धेरै महत्वपूर्ण व्याक्तिहरू विना सुरक्षाकर्मी हामीहरूसँगै जताततै हिडिरहेका,काम गरिरहेका हुन्छ,उनीहरूलाई खै कसैले केही गर्दैनन ? मजाले हिडेका छन, काम गरेका छन। तर आफुलाई राजनेता,जननेता दाबी गर्ने शेर बहादुर देउवा,केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड,झलनाथ खनाल,माधव कुमार नेपाल,डा. बाबुराम भट्टराई,खिलाराज रेग्मी,पुर्ण बहादुर खडका,प्रकाशमान सिंह, विमलेन्द्र निधि,विजय कुमार गच्छदार,डा. प्रकाश शरण महत,विष्णु पाैडेल,नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,अग्नि प्रसाद सापकाेटा,ओनसरी घर्ती,जनार्दन शर्मा,वर्षामान पुन,नन्द किशाेर पुन,चरेशानन्द झा,शक्ति बहादुर बस्नेत, विद्यादेवी भण्डारी,डा. रामबरण यादव लगायतका नेता,पुर्व र वर्तमान पदाधिकारीहरू सुरक्षाकर्मी विना एक पाइला अगाडि – पछाडी सर्न सक्दैनन। दिशा- पिसाव गर्दा समेत यिनलाई सुरक्षाकर्मी दायाँबाँया चाहिन्छ,नत्र यिनलाई दिशा- पिसाव समेत आउदैन। तसर्थ यी के का राजनेता ? यी सामान्त,निरंकुश शासक,तानाशाह,भ्रष्ट शासक,राष्ट्रघात र देश लुटपाटका राजनेता हुन।
यस्तै भ्रष्ट,अपराधि,राष्ट्रघाती,खातेपाते र झारपात नेता र पदाधिकारीहरूलाई चाहिने भन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराएर राष्ट्रकाे तलव भत्ता खाएका सुरक्षाकर्मीकाे दुरूपयाेग गर्ने काम भैरहेकाे छ। सुरक्षाकर्मीहरूले पनि जनताका नेताहरूलाई जनतासँग भेटन नदिएर नेतालाई जनताबाट टाढा राख्ने,बनाउने काम गरिरहेका छन। बिचाैलिया,माफिया,अपराधिलाई तत्कालै नेता र मन्त्रीलाई भेटाउने काम सुरक्षाकर्मीहरूले पनि गरिरहेका छन। परि आएकाे बेला सुरक्षाकर्मीले पनि नेता र मन्त्रीहरूलाई सुरक्षा दिन सकिरहेका छैनन। आफुले सुरक्षा दिनुपर्ने नेताले रामधुलाई खाइरहदा लाटाले केरा हेरेजस्ताे टुलुटुलु हेरेर चुपचाप लागेर बस्ने सुरक्षाकर्मी के काे सुरक्षाकर्मी ? किन दिन सकेन उसले भ्रष्ट र राष्ट्रघाती मालिककाे सुरक्षा ? जनता जागेर जुरूक्कै उठेका बेला यी सुरक्षाकर्मीहरूले खै कहाँ दिए राष्ट्रिय सुरक्षा ? त्यसैले अब नेता,मन्त्री र कथित भिआईपी,भिभिआईपीकाे व्याक्तिगत सुरक्षा र सवारी सञ्चालनमा पनि परिवर्तित समयमा पुनर्मुल्यांकन गरिनु पर्दछ। व्याक्तिगत सुरक्षा परिचालनका नाममा नेता, मन्त्री र कथित भिआईपीकाे सानका लागि सुरक्षाकर्मी खटाएर राष्ट्रकाे सम्पत्ति र स्राेत साधनकाे व्यापक दुरूपयाेग गर्ने काम बन्द गराै। वास्तविक सुरक्षा मात्र दिओैं,सानका लागि सुरक्षाकर्मी खटाएर दुरुपयोग गर्ने काम केन्द्रीय सुरक्षा समितिले नगराेस। २०५८ जेठ १९ मा राजपरिवार बचाउन नसक्ने सुरक्षाकर्मी,२०८२ भदाै २३ र २४ मा संसद भवन,केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, न्यायलयकाे पवित्र स्थल सर्वाेच्च अदालत,राष्ट्रपति निवास भवनकाे सुरक्षा दिन नसक्ने नेपालकाे सुरक्षा निकायको विश्वास जनताले गर्न छाडेका छन। याे कालाे कंलककाे टीका पखाल्न सुरक्षा निकायलाई निकै गाह्रो पर्ने छ।
किशोर शर्माको फेसबुक पेजबाट, उनी शुरक्षा विज्ञ हुनु हुन्छ ?